हेर्दा हेर्दै,एउटा वर्ष सकिन लाग्यो ‘कविता’।
हेर्दा हेर्दै,
एउटा वर्ष सकिन लाग्यो
मनका रहर र चाहानाहरू सकिन लागे
कहिले सुन्यता
कहिले उराठिलो
कहिले गहभरि आँशु
त
कहिले मनभरि पीडा बोकेर
एउटा वर्ष सकिन लाग्यो।
वर्ष पूरानो हुन्छ कि मान्छे.?
मन पुरानो हुन्छ कि माया.??
खै के हो,
कसले बुझाओस्
हेर्दा हेर्दै वर्ष सकिन लाग्यो
त्यसरी,
जसरी
यही साल बाढी र पहिरोले वर्खा सकिएको थियो।
मनको बाढीले पनि त बगाउँछ
मनका खुशीहरू
आफ्नो आफ्नाहरू
हृदय भित्रै बसेका
मुटु भित्र टाँसिएकाहरू।
हेर त यो साल पनि फेरिन लाग्यो
देश,अवस्था र अभावहरू
कहिले फेरिन्छन होला..??
कहिले फेरिन्छ परिवेश..??
गाउँको
शहरको
समाजको
देशको
अनि मान्छेको.??
वर्षको अन्तिम तिर
वनभरि आगो लगाउँनेहरूले
मनभरि पनि त आगो लगाउँदै छन्।
त्यी वनभरि आगो लगाउँनेहरूको
जिन्दगीमा आगो नलागोस्
वनको आगोले वन खान्छ; मनको आगोले जिन्दगी..!!
भोलि विहानै हेर्नु
नयाँ वर्षको नयाँ घाम
भोलि विहान फेर्नु नयाँ वर्षमा बहकिदै आएको नयाँ हावा
नयाँ वर्षमा तिमी प्रकृतिमय बन्नु
तिमीलाई थाहा हुने छ
गुराँस टिप्दा, गुराँसको स्वास रोकिएको।
नयाँ वर्षमा तिमी सामाजिक हुनु
तिमीलाई थाहा हुने छ
मान्छे हुनुको अर्थ।
नयाँ वर्षमा तिमी नयाँ हुनु
तिमीलाई थाहा हुनेछ
नविन हुनुको आसय।
नयाँ वर्षमा तिमी लहराउँनु
वनभरि; मनभरि
जीवनभरि; जिन्नगी भरि..!!
✍️सराेज पन्थी (प्रिय प्रकृति)