Banner Newsखेलकुद
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात ।

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायाे ।
मलेसियाले दिएकाे १ सय ४४ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जाेराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
यसअघि ओमानकाे अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायाे । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बाेहराले १ विकेट लिए ।