मिति: १ माघ २०८२, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
फुट्को संघारमा काङ्ग्रेस् – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थाजिवनशैलीताजा समाचार

फुट्को संघारमा काङ्ग्रेस्

गगन थापाको राजनितिक प्रतिबेदन- २०६३ साल यता सबैको सम्पत्ति छानबिन गर्ने

अहिले नेपाली काङ्ग्रेस फुट्ने कि जुट्ने भन्ने दोसाँधमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकास शर्माको आह्वानमा भैरहेको दोस्रो बिशेष महाधिबेशनमा ५०% भन्दा बढी प्रतिनिधीहरुको उपस्थिती रहेको बताईएको छ भने सभापती शेरबहादुर देउवा पक्षधर भने बिशेष महाधिबेशनमा अनुपस्थित छन् ।

महाधिबेशनमा आफ्नो राजनितिक प्रतिबेदन प्रस्तुत गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६३ साल यता सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन्।

उनको प्रस्तावमा वि.सं. २०६३ साल पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिनेछ भनिएको छ ।

उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई पूर्व सैनिक अधिकारीको पनि सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने उनले प्रस्ताव गरेका छन्।

प्रस्तावमा उल्लेख छ, उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई सेनाका पूर्व अधिकारी, पूर्वन्यायाधीश  लगायत सम्पूर्णको सम्पत्ति छानबिनको समेत अधिकार प्रदान गरिनेछ।

राजनीतिक पार्टीबाट सार्वजनिक पदमा जाँदा सम्पत्ति सार्वजनिक गर्ने व्यवस्थालाई सडाईका साथ लागु  गर्न पनि उनले प्रस्ताव गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker