मिति: १३ मंसिर २०८२, शुक्रबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedजिवनशैलीदेशमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराध

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं, १५ असोज
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैंका अवसरमा बुधबार नेपाल
प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा
गर्नुभयो ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी
महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो ।
साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव
निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार
कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त
महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा
गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान
गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई
वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित
भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र
र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं
महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा
निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस्
र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही

आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात
हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।
साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने
परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा
सम्पन्न गरिएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker