साहित्य/ सिर्जना
“एक खोज्दा पुरै जमात आउँछ”
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/1000024111-780x470.jpg)
मात्र एक खोज्दा पुरै जमात आउँछ!
बोक्नै नसक्ने गरि खातै खात आउँछ !!
अवत सम्झिन्न भन्छु त्यो छाडिजाने निष्ठुरी लाई !
उस कै याद किन हर क्षण उत्पात आउँछ !!
बल्ल जिन्दगीको मोडमा घाम के लाग्न लाथ्यो !
तेतिकै मा कालो औंसिको रात आउछ !!
बिस औं शताब्दीमा हो माया घरकाले नमान्ने भन्ने !
अहिले पनि प्रेम विचमा बारम्बार जात आउँछ !!
आजकल प्रेममा पाउछन् के गुमाउछन् के !
असल मित्र बनाउ पृया सहयोगी हात आउँछ !!
-✍️युवराज गिरी