मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
अम्बिकाको ‘भावदीप’ मुक्तकसङ्ग्रह लोकार्पण – Shivalaya TV
Banner Newsजिवनशैलीमनोरञ्जनसाहित्य/ सिर्जना

अम्बिकाको ‘भावदीप’ मुक्तकसङ्ग्रह लोकार्पण


काठमाडौं, १७, असोज ।

नेपाली आख्यानकार डा. अम्बिका अर्यालको ‘भावदीप’ मुक्तकसङ्ग्रह लाेकार्पण गरिएको छ । विहीबार काठमाडौं स्थित पद्मकन्या क्याम्पसमा एक समारोहबिच सो मुक्तकसङ्ग्रह लोकार्पण गरिएकाे हाे ।
नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा अपेक्षा बस्नेत, सोनु श्रेष्ठ, दिया थापा, दर्शना थापा, प्रसिका गौतम, श्रीसा श्रेष्ठ, विद्या पौडेल, विपश्वी ढकाल, यमुना शाह, अस्मिता बस्नेत, सम्भवी ढकालसहित एघार जना कन्याहरूले उक्त मुक्तकसङ्ग्रह लोकार्पण गरेका हुन्।
नेपाली उपन्यासमा नारीचेतना विषयमा विद्यावारिधि गरेकी र नेपाली विभाग, पद्म कन्या बहुमुखी क्याम्पसकी विभागीय प्रमुख डा. अर्यालका यसअघि ‘अविश्रान्त’ उपन्यासलगायत आधा दर्जन समालोचना कृति प्रकाशित छन् ।  

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker