नेपालवाद ‘कविता’ ।
नामका मात्र दल, विचार विदेशी छन
विदेशी वादले यहाँ नेपाल चलाउन्छन
नेपाली जनता जलाउँछन्
आफैंले हेरेर तमासा
विदेशी वादकै हैकम चलाउछन
बन्दुकको क्रान्तिमा परिवर्तन खोजेर
नागरिक सिंहदरबार अगाडि पेट्रोल खन्याउँछन्
चिल्लो गाडीमा हिड्को देखेर
पीडाको आक्रोश पोख्दैछन जनता
सायद
हामी आफुले आफैंलाई
मनमनै धिकारिरहेकाछौं ।
अचम्मको राजनीति हामी पैतालामा छाैँ।
नागरिक चुनाव पछि सोच्ने गर्छन्
जब नेता चुनाव अघि,
नेपाल जोखिमा छ भन्छन्
नेताकै मुखबाट उथलपुथलको
भाषणले परिभाषित गर्दैछ
कार्यकर्ताको हुटिङ्ग सुनेर
शिक्षित व्यक्ति विदेशीदै छन ।
आफुलाई महान जननेतत ठान्नेहरू
छिमेकीको राजनीतिक हस्ताक्षेप
देखेर आफै नेता मन्त्रमुक्त छन
नेपालको अस्तित्वको ख्याल छैन
राजनीति छि
अलिकति स्वार्थ मिल्नेहरूले
आफ्नो पदको स्वार्थ हेर्छन्
रोस्ट्रममा उभिए भन्छन् जनता भ्रममा
भ्रष्टाचारको बाटो हेर्छन् ।
भाषणमा चोर भनेर भन्नेहरू
आखिर एकै ठाउँमा त छन
घोषणापत्र चोरीपैठारी भयो
कार्यकर्ताले जुलुस गरेकाछन् ।
नेतृत्वको खोजी थियो
“म मरे पनि मेरो देश बाचिरहोस्”
आज छैनन् देशभक्तिहरू
विचारको वकालत हुन्छ तर
सम्मान छैन खासै मान्छे छैनन्
कार्यकर्ता अचम्म
विचार बिनाको खाली मञ्चमा
कसले कुन वाद भन्ने हो ?
नेपाली वादको वकालत छैन !
पार्टी भित्रकै वादहरू
माओवाद, समाजवाद , साम्यवाद,पुँजीवाद
वा…।
कस्ले भन्छ त यहाँ नेपालवाद छ भनेर
कुन पार्टी कुन नेता ,
विदेशी वादले नेपाल समृद्ध हुन्छ त?
कि नेताको भाषणले?
सडकको बाराैँ आन्दोलन ले ?
वकालत गर्छ कसले अब नेपालवाद
✍️एन-आर रावत