मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
अनेरास्ववियुले गर्याे बाढीपहिरो पीडितको उद्धारमा जुट्न निर्देशन – Shivalaya TV
Banner Newsकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशदेशमधेस प्रदेशलुम्बिनी प्रदेशवाग्मती प्रदेशसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराध

अनेरास्ववियुले गर्याे बाढीपहिरो पीडितको उद्धारमा जुट्न निर्देशन

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहत कार्यमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द्र गिरीले आज विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा संगठनको विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई आआफ्नो ठाउँमा राहत तथा उद्धार कार्यमा तत्काल परिचालन हुन निर्देशन दिएका हुन् ।

उनले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाहरुको तीव्रताका साथ खोजी गर्न, घाइते र विपद्मा फसेकाको तत्काल उद्धार गर्न सरकार र सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराएका छन्।

साथै, समस्यामा रहेका आम जनसमुदायलाई सहयोगको लागि संगठनको सातै प्रदेश कमिटी अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । जसअनुसार कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको सम्पर्क नम्बर ९८५२०५५५९८ रहेको छ । त्यस्तै, मधेशका अध्यक्ष आरपि अधिकारीलाई ९८४४२७६६२९, बागमतीका अध्यक्ष एलबि बुढाथोकीलाई ९८५४०४१४४० र उपत्यका विशेष बागमती प्रदेश कमिटी अध्यक्ष विशाल न्यौपानेलाई ९८५१२४९३४६ मा सम्पर्क गर्न सकिनेछ।

गण्डकी प्रदेश कमिटी अध्यक्ष प्रविन श्रेष्ठको सम्पर्क नम्बर ९८४६१९०३४१, लुम्बिनीका अध्यक्ष सन्तोष बाठाको ९८५७८२४१५२, कर्णालीका अध्यक्ष राजेश ओलीको ९८५८०७७३३० र सुदूरपश्चिमका अध्यक्ष मनोजराज राईको ९८४८८२५७८८ रहेको छ।

विपद्मा परेकाले अनेरास्ववियुको खेल तथा स्वयंमसेवक विभाग अमित महरलाई पनि ९८५११९०३१८ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker