मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बानेश्वर क्याम्पसले उठायाे ट्रफी – Shivalaya TV
Banner NewsBanner news (with photo)खेलकुदवाग्मती प्रदेश

बानेश्वर क्याम्पसले उठायाे ट्रफी

काठमाडौं, असोज ३ – अनेरास्ववियु आरआर क्याम्पस कमिटीले  आयोजिना गरेको दाेस्राे अन्तर क्याम्पस /जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा बानेश्वर क्याम्पसको पुरुष भलिबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा बानेश्वर क्याम्पसको टिम क्याप्टेन प्रेम उपाध्यायको नेतृत्वमा उच्च स्तरको प्रतिस्पर्धात्मक खेल खेलेको थियो, जसको फलस्वरूप टोलीले फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो। देशभरका २० टोलीहरूको सहभागितामा भएको यस प्रतियोगितामा बानेश्वर क्याम्पसको प्रदर्शन सराहनीय रह्यो।

फाइनल खेल बिहीबार दिसाे १२ बजे सुरु भएको थियो, जहाँ बानेश्वर क्याम्पसलाई नुवाकोटले पराजित गर्दै प्रथम स्थान हात पारेको हो । हाे भने बानेश्वर क्याम्पसका खेलाडीहरूले आफ्नो सम्पूर्ण प्रयास गरे तापनि नुवाकोट टोलीको उत्कृष्ट खेलका कारण दोस्रो स्थानमा सन्तोष गर्नुपर्‍यो । अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीका अध्यक्ष इन्द्र सिंह ठकुरीले बानेश्वर क्याम्पसको टोलीले उत्कृष्ट प्रदर्शन गरेकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा अझ बलियो भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

तेस्रो स्थानका लागि भएको खेलमा आरआर क्याम्पसले सिद्धार्थ बहुमुखी क्याम्पसलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेकाे  थियो । प्रतियोगिता भदौ २६ गतेदेखि आरआर क्याम्पसको प्रदर्शनी मार्गस्थित खेल मैदानमा सुरु भएको थियो । यस प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए, तर बानेश्वर क्याम्पसको टोलीले आफ्नो उच्च आत्मविश्वास र सुदृढ टीमवर्कको प्रदर्शन गर्दै प्रतियोगिताभर उत्कृष्ट यात्रा तय गरेको थियो।

विजेता टोलीहरूलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ। पहिलो स्थान प्राप्त गर्ने टोलीलाई नगद २ लाख रुपैयाँ, दोस्रो स्थानलाई १ लाख रुपैयाँ, र तेस्रो स्थानलाई ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिएको छ।

क्याप्टेन प्रेम उपाध्यायको नेतृत्वमा रहेको बानेश्वर क्याम्पसको टोलीले रणनीतिक र कौशलपूर्ण खेल खेल्दै प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको थियो। उपाध्यायले आफ्नो टोलीको समर्पण र कठिन परिश्रमको प्रशंसा गर्दै आगामी प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्ने योजना रहेको बताए।

बानेश्वर क्याम्पसको यो उपलब्धिलाई क्याम्पसको खेलकुद क्षेत्रमा ठूलो सफलता मानिएको छ, जसले आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।

यश खेलमाकाे प्रमुख अथितिमा एमाले नेता भानुभक्त ढकाल हुनुहुन्थ्यो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker