Banner NewsBanner news (with photo)जिवनशैलीराजनीति
रास्वपा निलम्बित महामन्त्री ढकालले मागे सभापति लामिछानेको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्।
पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा माग गरेका हुन्।
उनले स्पष्टीकरणको जवाफ दिँदै भनेका छन्-
‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु ।’