Banner Newsगण्डकी प्रदेशसुरक्षा/अपराधस्वास्थ्य
बागलुङको बडिगाडमा पहिरोले ८ जनाको मृत्यु १० घाइते
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-१०, आरुपाटमा २२ गते बिहान ११ बजे पहिरोले ठूलो क्षति पुर्याएको छ । घर र गोठमाथिबाट आएको पहिरोले ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
घटनाको भएको थाहा पाउदा लगत्तै नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको टोली पनि घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए। पहिरोले सडक संजाल अवरुद्ध पारेको छ र मौसमको प्रतिकूल अवस्थाका कारण हवाई उद्धारसमेत हुन सकेको छैन घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। हराएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ।
यस्तै, बडिगाड गाउँपालिका-०९ मा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।