प्राकृतिक सौन्दर्यकाे मोती : रारा ताल पर्यटककाे पर्खाइमा
मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको एक सुन्दर ताल हाे । यो ताल नेपालकै सबैभन्दा ठूलो र गहिरो तालको रूपमा पनि परिचित छ । समुद्री सतहबाट करिब २,९९० मिटर उचाइमा रहेको यो तालको क्षेत्रफल लगभग १०.८ वर्ग किलोमिटर र गहिराई १६७ मिटरको रहेकाे छ ।
तालको चारैतिर हरियाली वनले घेरेको छ, जसले यो ठाउँलाई अति नै सुन्दर र शान्त बनाएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रकारका वनस्पति, जनावर र चराचुरुङ्गीहरूले यस तालको जैविक विविधतालाई अझै विशेष आकर्षक बनाएको छ । तालको पानीको रंग समय अनुसार परिवर्तन भई रहन्छ विशेष गरि नीलो र हरियोको मिश्रणमा रहने हुँदा तालको दृश्य अत्यन्तै आकर्षक मनमहाेक देखिन्छ ।
रारा ताल पर्यटनको दृष्टिले कर्णालीकाे मात्रै नभएर नेपालकै महत्वपूर्ण स्थान हो । यहाँ पर्यटकहरू बिशेश गरि ट्रेकिङ, बोटिङ, फोटोग्राफी र क्याम्पिङका लागि रमाउछन । पर्यटकहरूलाई तालको मनोरम दृश्यसँगै हिमालय पर्वत शृंखलाको दृश्य पनि मनाेरञ्जन हुनाले । यहाँको मौसमी अवस्था अनुसार पर्यटकहरू विभिन्न समयमा यहाँ भ्रमण गर्न आउँछन्। विशेष गरी वसन्त र शरद ऋतुमा यहाँको मौसम अति नै रमणीय सुन्दर हुन्छ।
सरकारले रारा तालको पर्यटन विकासका लागि विभिन्न योजनाहरू संचालन गर्दै आएता पनि खासै । बिकासको यहाँ आधारभूत सुविधाहरू भने विशेष गरि जस्तै : होटल, रेष्टुरेन्ट र सडकको खाशै भएको देखिदैन ।
तालको संरक्षण र पर्यटन व्यवस्थापनमा केही चुनौतिहरू पनि त्यतिनै छन् । जलवायु परिवर्तन, मानव क्रियाकलाप र अनियन्त्रित पर्यटनले यहाँको प्राकृतिक सन्तुलनमा प्रभाव पार्यको हुदा पहिलेको भन्दा अहिले तालमा भएका केही प्रजातिका माछाहरु पनि धेरै कम भएको पाईन्छ । यी चुनौतीहरूलाई सम्बोधन गर्न दिगो पर्यटन विकासको आवश्यक पाईन्छ । तस्बिरहरु