खेलकुद
नेपाल सेमिफाइनलमा: माल्दिभ्सलाई गर्याे २५-८ को सेट स्कोरमा पराजित
नेपालले चार खेल खेलेर तीनमा जित र एकमा हार बेहोरेको छ, जसले गर्दा टोलीको कुल अंक ९ भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। सेमिफाइनलमा नेपालले तेस्रो स्थानमा रहेको इरानसँग प्रतिस्पर्धा गर्नेछ भने शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ।
आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५-८ को सेट स्कोरमा हरायो, जहाँ माल्दिभ्सले पहिलो सेटमा मात्र ८ अंक लिन सक्यो। खेल राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो।