मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ढुंगामुडासँगै हिंसात्मक प्रदर्शनपछि शेख हसिना त्रिपुरा पुगिन्, ढाकामा ६ जनाको मृत्यु – Shivalaya TV
Banner Newsजिवनशैलीताजा समाचारराजनीतिविश्वसुरक्षा/अपराधस्वास्थ्य

ढुंगामुडासँगै हिंसात्मक प्रदर्शनपछि शेख हसिना त्रिपुरा पुगिन्, ढाकामा ६ जनाको मृत्यु

हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगेकी छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको टोली बंगलादेश छाडेर अगरतला पुगेका हुन्। हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ।

आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो। कफ्र्यूको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन्।

विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भइसकेको छ। आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker