Banner NewsEnglish Newsजिवनशैलीदेशपर्यटनमनोरञ्जन
आजदेखी सुरु भयो गुँला पर्व
काठमाडौं २१ सोमबार।
नेवार समुदायले मनाउने गुँला पर्व आज साउन २१ गते सोमबारदेखि सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने गुँला पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् ।