लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ ।
लिग चरणको अन्तिम खेलमा सोमबार पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो ।
भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भेनकुवरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।