आज प्रतिनिधि सभा बैठक बस्दै यस्तो छ कार्यसूची
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/संसद-भवन-780x470.png)
२०८१ साउन २१ गते प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउसो १ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रतिनिधि सभा, २०७९ को चौथो अधिवेशन बैठक संख्या ४५ बमोजिम आजको सम्भावित कार्यसूचीमा दिउसो १ बजे बैठक बस्ने छ ।
१ नम्वरमा सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयवाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्वन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने छ ।
त्यसपश्चात सूची बमोजिम सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्वस्था परामर्श समितिमा माननीय सदस्यहरुकको नाम हेरफेर गर्नुहुने छ ।
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले नेपाल सरकार, मन्त्रिपरिसद्को निर्णयवाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमेलाय आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदे सदन समइ कानून न्याय तथा संसदीय मामिला मन्त्रीले पेश गर्नुहुने छ ।
माननीय शिक्षा बित्तान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्वन्धित समितिमा पठाईयोस” भनी प्रस्ताव पेश गर्नुहुने भनी आजको प्रतिनिधि सभाको सम्भावित दैनिक कार्यसूची २०८१।०४।२१ गते सोमबारका लागि उल्लेख गरिएको छ ।