जिण अवस्थामा डोजरका दागहरु
काठमाडौ १५ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनेका घर टहराहरु एक समयमा धमाधम डोजर लगाएर हटाईएको थियो । उक्त अनाधिकृत रुपमा बनेका संरचनाहरु भने कुनै ठाउमा जुन तरिकाले महानगरपालिकाले हटाईएको थियो त्यहि अवस्थामा छन् ।
अन्य विभिन्न टहराहरु भत्काय लगतै वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोली थापाथली पुगेको थियो ।
उक्त क्षेत्रको सुकुम्बासी बस्ती हटाउन महानगरले प्रहरी परिचालन गरेको थियो उक्त बस्ती हटाउने महानगरको तयारीबारे थाहा पाएपछि सुकुम्बासीहरु पनि ठूलो संख्यामा भेला भएर सुकम्बासीहरुले भने उक्त बस्ती हटाउन दिएका थियनन् ।
तस्विमा भएको भवन सुकम्बासी बस्ती नजिकै रहेको छ । यहाँ सोही समयमा डोजर चलाईएको थियो न त हाल सम्म उक्त संरचना बन्न नै सकेको छ न त पुर्ण रुपमा बन्द भएको हाल भने उक्त संरचना महानगरले आधा भत्काभएको रुपमै रहेको छ ।
तस्विरः satgau.com