सफा हुँदै बाग्मतीः देखियो परिवर्तन
काठमाडौं १५ । पछिल्लो समयमा फोहोरको नदी भनेर चिनिन थालेको बाग्मती यसपालीको साउनमा भने बाग्मतीमा बालुवा देखिन थालेको छ ।
वर्खाको भेलले बाग्मतीमा प्रत्यक वर्ष फोहोर ल्याउने गरेको देखिन्थो तर हिजोआज भने बाग्मती सफा हुन थालेको छ । हाल हामिले बाग्मतीको किनारमा बालुवा देख्न थालेका छौ । यस बर्ष भन्दा अघिल्ला बर्षहरुमा भने हामीले बाग्मती किनारमा फोहोरका डंगुर देख्ने गरेका थियौ ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका बुद्दनगर बसोवास गर्ने एक स्थानियले भने प्रत्यक बर्ष झै यसपाली पनि किनारमा फोहोर थुप्रिने भयो भन्ने थियो तर यसपाली भने बालुवा थुप्रिन थालेको छ । उहाले भन्नुभयो हामी सबैले बाग्मतीलाई स्वच्छ राख्न चाहाना राख्यौ भने सकिन्छ । यसपाली प्रत्यक वर्ष झै फोहोर आएन । अझ स्थानियले भने बाग्मतीमा बाढी आएको बेलामा बगाएर लैजान्छ भनेर फोहोर फाल्ने चलन छ । तर हाल भने स्थानियले फाल्ने गरेका छैनन् ।
हामी सबैले चाहाना राख्यौ भने बाग्मतीलाई सफा राख्न सकिन्छ भन्ने उहाले धारणा राख्नुभयो । उहा भन्नुहुन्छ “विभिन्न संघ संस्थाले बागम्ती सरसफाई कार्यक्रम राख्नुहुन्छ पानिमा गएर केहि तस्विर लिएर फर्किनु हुन्छ” यसरी उहाले बाग्मती सफा हुँदा खुःशी व्यक्त गर्नुभएको छ ।