मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पाल्पाको निस्दीमा जीप दुर्घटना, २ जनाको मृत्यु, १३ जना घाइते – Shivalaya TV
Banner Newsस्वास्थ्य

पाल्पाको निस्दीमा जीप दुर्घटना, २ जनाको मृत्यु, १३ जना घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ं अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker