नेपाल क्रिकेट संघले लामिछानेलाई गर्यो फुकुवा
२ जेठ काठमाडौं नेपाल क्रिकेट संघले प्रेस रिलिज गर्दै सम्मानित उच्च अदालत पाटनले मिति २०८१।०२।०२ गतेको फैसला बमोजिम राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेबिरुद्द बलात्कार मुद्दामा निर्दोष रहेको भनी भएको फैसलालाई हेर्दै लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिवाट निलम्बन फुकुवा गरेको छ ।
लामिछानेलाई उच्च अदालत पाटनले आजै फैसला गरी सफाई दिएको हो ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको थियो ।
गौशाल–२६ ले आफूमाथि बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त दिएकी थिइन्।
सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
सन्दिप लामिछाने त्यसविरुद्ध उच्च अदालत पाटनमा पुगेकोमा उनले जेठ २ र आज ३ गतेको बहस सकिय पश्चात न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिएको हो। सो फैसला हेर्दै क्यानले लामिछानेलाई निलम्बन फुकुवा गरेको हो ।