Banner NewsBanner news (with photo)ताजा समाचारदेश
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनवाट सफाइ पाए
२०८१ जेठ २ काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको छ ।
गौशाल–२६ ले आफूमाथि बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त दिएकी थिइन्।
सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो । सन्दिप लामिछाने त्यसविरुद्ध उच्च अदालत पाटनमा पुगेकोमा उनले जेठ २ र आज ३ गतेको बहस सकिय पश्चात न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिएको हो।