मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. निकोलस भुसालले मागे माफी – Shivalaya TV
Banner Newsजिवनशैली

गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. निकोलस भुसालले मागे माफी

निकोलसले भने, ‘आवेशमा आएर बढी बोलेँ ।’

रविले सम्झाए, ‘केही छैन । बोल्न पाइहालिन्छ नि ।’

निकोलसले भने, ‘आफ्नो दाइ हुँदा हुँदै हिरासतमा परियो । त्यसमा अलिकति दुख लाग्या छ ।’

रविले भने, ‘प्रहरीले आफ्नो काम गर्छ । मैले देशैभरिका प्रहरीलाई यो गर यो नगर भन्न मिल्दैन । नचाहिने चिज नगर्नुस् मात्र मैले भन्ने हो । केही छैन । अन्यायका विरुद्ध बोल्नुस् । आवेग उत्तेजना नदेखाउनुस् है ।’

रविलाई भेटेपछि निकोलसले पत्रकारसँग कुरा गर्दै रविलाई ‘युवाहरूका आशा र भरोसा’ भन्दै प्रशंसा गरे ।

‘कहिलेकाहीँ आफ्नै दाजुभाइमा पनि झगडा हुन्छ । मैले चाहिनेभन्दा धेरै कुरा भनेछु । सन्दीप लामिछानेले पनि न्याय नपाउँदा फ्रस्टेसन थियो । अझ हामीलाई नै हिरासतमा राख्दा गृह मन्त्रालयकै साजिस त होइन भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ,’ उनले भने ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker