कसरी गर्न सकिन्छ त पैसा बचत ?
कतिपय अवस्थामा बचत गर्न चाहदा पनि हामिले बचत गर्न सकिरहेका हुँदैनौ । तपाईले आफ्नो व्यापार प्यवसाय तलववाट आएको बजेटको व्यवस्थापन गरेर चल्नु पर्ने अवस्था हुन सक्छ। तपाईले खर्च गर्नु भन्दा अगाडी नै के कुन कुरामा कति खर्च गर्ने भन्ने कुरामा सोच्न आवश्यक छ कि पहिला कहाँ कति खर्च हुन सक्छ । यसका लागि केही बचतका तरिका बारे जानाैँ जुन निम्नानुसार छ ।
कुन कुरामा कति खर्च गर्ने आफ्नो लिमिट राख्नुहोस
तपाईलाई के कुरा आवश्यक छ कतै तपाईले किनिरहेको सामान तपाईलाई अनावश्यक त होईन । त्यो कुरा सोचेर तपाईले सामान खरिद गर्ने बानिको बिकास गर्नुहोस् । यो तय गर्नुस् कि पहिला तपाईलाई कति रुपैयाँको आवश्यकता छ । यो मात्रै हैन कि तपाई त्यसमा कति रकम कति बचत गर्न सक्नु हुन्छ ।
तपाईको व्यापार व्यवसाय अर्थात तलवको केही रकम बचतमा राख्नुहोस्
दोस्रो तरिका यो पनि अप्नाउन सक्नु हुन्छ । तपाईले आफ्नो तलबबाट आएको रकम खर्च गर्नु भन्दा पहिले केही रकम बचतका लागि अलग राख्नुस । जति रुपैयाँ छुट्याउनु हुन्छ त्यही रकम तपाइको खर्च चलाउने हो ।
बचत गरेको रकमवाट फाईदा लिनुहोस्
कुनै बचत योजना अर्थात बैंक, सहकारी जस्ता संस्थामा राखेको बचत वापतको रकमवाट पनि तपाईले लाभ लिन सक्नु हुने छ । कुनै सरकारी वा कुनै राम्रा नीजि बैंकमा आफुले जम्मा गरेको पैसा राख्न सक्नु हुन्छ । तपाईले राखेको बचतले पनि राम्रो प्रतिफल दिन्छ ।
अनावश्यक सपिङ लुगाकपडा किन्नवाट टाढा रहनुहोस् ता कि अनावश्यक खर्च नहोस् ।