Banner Newsराजनीति
रास्वपाले भन्यो ‘सहकारीको समस्या समाधान गर्न तयार छौं तर व्यक्ति केन्द्रित छानबिन समिति बन्दैन’

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको हो ।
पार्टी सभापतिमाथि कसैले उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो नहुने भन्ने विषयमा छलफल भएको थियो । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बारम्बार सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिँदै आएको छ । सरकार सहकारी प्रकरणमा समग्र विषयलाई लिएर छानबिन समिति गठन गर्न प्रतिवद्ध भएपनि व्यक्तिकेन्द्रित समिति खोज्नु अनावश्यक भएको भन्दै पन्छिने गरेको छ ।