मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पसिना, मोजामा गन्ध आयो ? यस्ता उपाय अपनाउनुस् – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीस्वास्थ्य

पसिना, मोजामा गन्ध आयो ? यस्ता उपाय अपनाउनुस्

काठमाडौंः २५ गते गर्मि बढेसंगै कतिपय मानिसहरुलाई मोजामा गन्ध आउने आउने समस्या हुन्छ । जब छालामा भएको व्याक्टेरिया पसिनाको सम्पर्कमा आउँछन् तब
खुट्टामा मोजामा गन्ध आउन सुरु हुन्छ ।

गर्मी मौसममा बढी पसिना आउने हुनाले मोजा, जुत्ता वा खुट्टा गनाउने समस्या बढी हुने गर्दछ । कतिपय मानिसलाई यो समस्याले गर्मी महिनामा निकै सताइरहेको हुन्छ । यो समस्याबाट छुटकारा पाउन सामान्यतया केहि उपाय अपनाउन सकिन्छ ।

अदुवा वा अमिलो

पानीमा केही थोपा कागती राखेर खुट्टा धुन सकिन्छ । यसको सट्टामा अदुवाको रस हातमा लिई खुट्टामा लगाउने र केही समयपछि मनतातो पानीले खुट्टा सफा गर्ने। हप्तामा तीनपटक सम्म यो विधि अपनाएर खुट्टाको दुर्गन्धलाई हटाउन सकिन्छ ।

बेकिङ सोडाको प्रयोग

खुट्टा र मोजाको दुर्गन्ध हटाउन बेकिङ सोडाको प्रयोग गर्नु सजिलो उपाय बन्न हो। यसले पसिनालाई सामान्य अवस्थामा रहनुका साथै किटाणु नियन्त्रण गर्न यो केहि मात्रामा सहयोग गर्दछ । मनतातो पानीमा बेकिङ सोडा घोल्ने र उक्त घोलमा आधा घण्टा एक घण्टाजति खुट्टा डुबाइराख्नाले खुट्टाको गन्ध बिस्तारै हटेर जान्छ ।
फिटकिरीको प्रयोग

फिटकिरीमा एन्टिसेप्टिक गुण हुने गर्दछ जसले गर्दा हाम्रो सरिसमा अथवा खुट्टामा भएको व्याक्टेरिलाई फैलनबाट रोक्छ । एक चम्चा फिटकिरीको धुलोलाई एक जग पानीमा राख्ने र उक्त पानीले खुट्टा पखाल्ने गर्दा केही दिनसम्म यो विधि लगातार अपनाउनाले बिस्तारै खुट्टा गनाउने समस्या कम हुँदै जान्छ ।

सरसफाई

खुट्टालाई सफा गन्धगाट हटाउने मुख्य उपाय भनेको सरसफाईमा ध्यान दिनु हो । खुट्टालाई र जुत्तालाई दुर्गन्धबाट पर राख्न सबैभन्दा पहिले खुट्टा दैनिक रुपमा सफा हुनु जरुरी हुन्छ । जुत्ता लगाउनुपूर्व खुट्टा सफा छ कि छैन भन्ने कुरा पनि उत्तिकै महŒवपूर्ण छ किनकि धुलो टाँसिएको र फोहोर खुट्टा नै सबैभन्दा धेरै गनाउने हुन्छ । तपाईले लगाईराख्नुभएको मोजालाई के कति समयमा धुने वा कति समयसम्म मोजा लगाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker