गजल “युद्ध चलेको छैन किन खालि हुदैछ मेरो देश”
गाउँ खालि छ शहर खालि छ किन होला यस्तो भेष ।
भनि देउन सरकार युद्ध चलेको छैन किन खालि हुदैछ मेरो देश ।।
शहरमा रहरका पोकाहरूमा राजनीतिले नै भ्रष्ट थुप्रेको देश ।
करोडौंको सम्पत्ति दोहोन गरि खोक्रो हुदैछ मेरो देश ।।
कोपिलाहरूका बिचमा पनि पर्खालमा पिलरको रेस ।
स्वतन्त्रताको खरेढिमा कसले गरेर हो खालि हुदैछ यो देश ।।
पहाडको चुचुरोमा पनि छिमेकीको छाप्रो अनि विदेशीको सेर ।
कहाँ टोलाएका छन कहाँ हेरका छन कंङगाल हुदैछ मेरो देश ।।
अछुतको निसाना दबाबै, दबाबमा घेरिएको छ भेष ।
हिमाल,पहाड तराईको त नामै छैन किन खालि हुदैछ यो देश ।।
विप्रेषणले चलेको छ हाम्रो स्रोत साधनमा छैन कुनै शेष ।
खोइ कहाँ छन युवाहरू अचानक खालि हुदैछ मेरो देश ।।
तारके भिडको बेवारिसे लाशमा पनि अचम्मको केस ।
न्याय खोइ सरकार महिलाको माैनताले नै खालि हुदैछ मेरो देश ।।
खालि पानाको चिठी पढि स्वतन्त्रतामाथि नै हुन्छ अचानक केस ।
न्याय माग्न कहाँ जाने अदालतमा न्यायाधीश छैनन् खाली भएको छ मेरो देश ।।
युवाहरूको एकताले नै बन्न सक्छ यो देश ।
बुवा आमा वृद्राश्रम युवाहरू विदेश किन खाली हुदैछ मेरो देश ।।
नारायणीको किनारामा बालुवा चाल्नेहरूको अस्तित्व खोई ।
आमाको काख रित्तो भएको छ किन खालि हुदैछ मेरो देश ।।
विदेशीको गुलामी बनी सडकमा विधार्थिको बेवारिसे लााश ।
युवाहरू खालि खुट्टामै अलपत्र छन कि रित्तो हुदैछ मेरो देश ।।
एन-आर रावत(मुगु)