मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
शिक्षा क्षेत्रमा खस्किदै थलारा – Shivalaya TV
Banner NewsBanner news (with photo)शिक्षास्थानीय तह

शिक्षा क्षेत्रमा खस्किदै थलारा

बझाङ्गः जिल्लाको थलारा गाउँपालिकाका बिभिन्न विद्यालयहरुमा गाउँपालिका अन्तर्गत आधारभुत तह कक्षा ८ अन्तर्गत थलारा गाउँपालिका परिक्षा समितिको मिति २०८० चैत्र २३ गते एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको छ । जसमा भनिएको छ “यस थलारा गाउँपालिका अन्तर्गत आधारभूत तह (कक्षा ८) परिक्षा समितिको मिति २०८०।१२।२३ गतेको निर्णय अनुसार मिति २०८०।१२।०३ गते देखि मिति २०८०।१२।०९ गते सम्म संचालन भएको शैक्षिक सत्र २०८० सालको आधारभूत तह कक्षा ८ को बार्षिक परीक्षामा उतिर्ण परिक्षार्थीहरुको तपसिल बमोजिमका सिम्बोल नम्बर सहितको नतिजा प्रकाशित गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिन्छ । ” भन्दै गाउँपालिकाले सूचना जारी गरेको छ । उक्त सूचना अनुसार

गाउँपालिकाले सूचना जारी गर्दै कक्षा ८ को बार्षीक परिक्षाको नतिजा प्रकाशन गरिएको थियो । उक्त थलारा गाउँपालिकाको सूचना अनुसार उक्त परिक्षामा परिक्षार्थीहरु जम्मा ४६५ जनाको नाम उल्लेख थियो भने परिक्षामा जम्मा ४१७ जना सहभागी भई ४८ जनाले अनुपस्थिती जनाएको देखिन्छ । परिक्षामा सहभागी परिक्षार्थीहरु ४१७ जना मध्ये जम्मा ६१ जना मात्रै उतीर्ण भएका छन् ।

अन्य बर्षको तुलनामा भने यस बर्ष निकै कम मात्रामा उतिर्ण भएको देख्न सकिन्छ । यस बर्षकै परिक्षामा सहभागी संख्या र उतीर्ण संख्या हेर्दा पिछडियको जिल्ला बझाङ्गको थलारा गाउँपालिकाको शैक्षिक अवस्था भने खस्किदै गएको देख्न सकिन्छ । स्थानियले विद्यालयलाई हाल भने विभिन्न किसमका प्रश्न गर्दै आईरहेका छन् ।

गाउँपालिकाले उक्त सूचनामा २ बिषयमा अनुतीर्ण हुने परिक्षार्थीहरुले भने ग्रेडवृद्धीको लागी व्यवस्था रहेको र उक्त ग्रेडबृद्धी पुरक परिक्षा भने २०८१ बैशाख १९ गतेदेखी हुने र २०८१ बैशाख १० गते भित्र ग्रेडबृद्धी आवेदन फारम भर्नुपर्ने बताएको छ ।
गाउँपालिकाले जारी गरेको सूचना तल हेर्न सकिन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker