चलचित्र खबरदेश
‘महाजात्रा’ दुई साताकाे कमाई १० करोड भन्दा माथि ।
महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । चैत ९ गतेबाट रिलिज भएको फिल्मले उत्साहजनक व्यापार गर्दै शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो।
देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले स्वदेशमा दुई सातामा १० करोड १४ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण टिमले सार्वजनिक गरेको छ।फिल्म ‘महाजात्रा’ मा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा यो फिल्म निर्माण गरेका हुन्। ‘महाजात्रा प्रदिप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म हाे ।