देशसुरक्षा/अपराध
नेपाल प्रहरीको डिएसपीबाट एसपीमा ८ जना बढुवा ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019301-780x470.jpg)
नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका ८ जनाले दर्ज्यानी चिन्ह प्रधान गरेका छन् । शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । उनीहरुको गत साता बढुवा भएको थियो । बढुवा भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, सन्तोष तामाङ, राजन लिम्बू, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, विनोद घिमिरे र यादव ढकालले एसपीको दर्ज्यानी चिन्ह लगाएका हुन् ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/10000192996072320408182127812-1024x682.jpg)