बझाङ्गको उप निर्वाचनमा एमालेवाट दमन बहादुर भण्डारी
को हुन एमालेवाट उमेद्वारी दिने दमन भण्डारी
काठमाडौंः बझाङमा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूले तयारी थालेका छन्।
एमालेले बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत आइतबार बसेको एमाले सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउन थालेको हो। बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते बझाङ्ग केदारस्यू गाउँपालिका वडा नं. १ जुवालिखेत नजिकै सवारी दुर्घटनामा निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।
निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको थियो । ठुलो दल नेपाली कांग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको जानकारी छैन भने एमालेले उम्मेदवार बनाएका भण्डारी अहिले जिल्ला कमिटी बझाङका निर्बिरोध अध्यक्ष हुन् उनले यस भन्दा अधिल्लो कार्यकाल पनि अध्यक्षता गरेका थिए । २०५४ सालमा मटेला गा.वि.स.को निर्वाचित अध्यक्ष भएका उनी २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव थिए।
२०६२ साल राष्ट्रिय युवासंघ नेपाल अञ्चल कमिटी सचिव, २०६९ साल सातौं जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल जिल्ला पार्टी अध्यक्ष छन् ।
भण्डारीले भन्नुभयो “उहा गा.वि.स अध्यक्ष हुँदा त्यतीबेला हाम्रो आफ्नो गाउँ आफै बनाउँ अभियानमा थोरै ५ लाख बजेट आउथो उहाले विभिन्न विद्यालयहरुमा व्यवस्थापन समितिको अध्यक्ष समेत भई आर्थिक सामाजिक योगदान गरेको, उहाले आफु अध्यक्ष भएको बेला सेती क्याम्पसको स्थापना समेत गरेको’’ बताउनु भयो ।
भण्डारीले नेपाल ल क्याम्पसवाट बि.एल गर्नुभएको छ भने नेपाली बिषयमा स्नाकोउत्तर गर्नुभएको छ। भण्डारीले २०६२ साल देखी बझाङ्गमा बिभिन्न लैङ्गिक हिङ्सा विभेद बिरुद्दमा अभियान समेत चलाउनु भएको र यस्तै महिला हिङ्सा, बझाङ्मा रहेको रुढीवादी परम्परा छुवाछुत बिरुद्द पनि आवाज उठाउदै आउनुभएको र आगामी दिनमा समेत यस्ता हिङ्सा बिरुद्द लड्ने हामिलाई जानकारी गराउनु भएको छ ।