मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ग्यास सिलिन्डरको म्याद पत्ता कसरी लगाउन सकिन्छ । – Shivalaya TV
ताजा समाचारबि.बि.सि.बिचार

ग्यास सिलिन्डरको म्याद पत्ता कसरी लगाउन सकिन्छ ।

काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । नजिकैको घट्ना हामीले नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद डा.चन्द्र भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो जुन पछील्लो समयको घट्ना हो ।
म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन ? वा म्याद भए नभएको पनि कसरी हेर्ने जानकारी छैन। सिलिण्डरको घाँटीनेर अर्थात माथिल्लो भागमा केही सांकेतिक अक्षरहरु हामिले देख्न सक्छौ।
त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सकिन्छ । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरको भित्ता भागमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।
अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।
ए, वी, सी र डि लेखिएको हुन्छ जसअनुसार ए ले शुरुको अंग्रेजी वर्षको पहिलो ३ महिना भन्ने बुझनुपर्छ। त्यसैगरी बी ले अप्रिल, मे र जून महिनालाई संकेत गर्दछ । त्यस्तै सि ले त्यसपछिको ३ महिना र डी ले अन्तिम तीन महिना अर्थात अक्टोबर नोभेम्बर र डिसेम्बरलाई बुझाउछ ।
त्यसैगरी सिलिण्डरको घाटीमा लेखिएको १८,१९,२०,२१,२२,२३ र २४ जस्ता अंकले त्यस बर्षसम्म ग्याँसको मिति रहने स्पष्ट रुपले उपभोक्ताले चिन्न सकिन्छ ।
यदि सिलिन्डरमा डी.२५ लेखिएको छ भने त्यो सन् २०२५ डिसेम्बरसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, ए.२६ लेखिएको छ भने त्यो सिलिन्डर सन् २०२६ मार्चसम्म प्रयोग गर्न लायक हुन्छ।
यस्तै ग्यास सिलिन्डरको एक्सपायर्ड डेट बाँकी रहेको भएतापनि सिलिन्डरका कुनैपनि भागमा कुच्चिको, फुटेको देखेमा त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्ने हुन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker