Banner Newsसुदूरपश्चिम प्रदेश
धनगढीका मेयर हमालकि छोरी सम्पर्कविहीन मेयर पुगे भारत ।

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् ।
मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् ।उनले आफ्नी कान्छी छोरी र ज्वाइँ खोजीका लागि गोवा पुगिसकेको पनि उल्लेख गरेका छन् ।मेयर हमालले छोरीको खोजी गरिदिन प्रहरी कार्यालयमा भने सूचना दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
