Banner Newsखेलकुद
आयरल्यान्ड ‘ए’ नेपाल सँग ७१ रनले पराजित ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000018787-780x470.jpg)
टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले १८.३ ओभरमा अलआउट हुनुअघि १ सय २७ रनमात्र बनाउन सक्यो ।