Banner Newsकोशी प्रदेशमुख्य समाचारसफलताको कथा
दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेज खोल्न पाउने बाटो खुल्यो ।
प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर गरेको मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो ।
झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।