मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
ललितपुरमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु १६ जना घाइते – Shivalaya TV
Banner Newsवाग्मती प्रदेश

ललितपुरमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु १६ जना घाइते

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्या भएको छ।

गयराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।

‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन’, उनले भने।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए।

दुबैजनाको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ। रासस 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker