मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
निरौलाको प्रेस देखी भैसी फार्मको यात्रा – Shivalaya TV
Banner news (with photo)कृषि

निरौलाको प्रेस देखी भैसी फार्मको यात्रा

कुनै दिन प्रेसको जागिर खाइरहेका सुदूरपश्चिमका बझाङ्गका सहदेव निरौलालाई त्यति बेला सम्म आफ्नो करियर सुरक्षित लाग्थ्यो जति बेला उनले प्रेसबाट निकालिदिने धम्की समेत पाएँ । त्यो भन्दा अझै बढी त उनका प्रमुखले विभिन्न कुरामा धम्की दिन्थे । त्यसकारण उनि जागिरको विकल्प खोज्दै थिएँ । उनलाई गाउँमा पशुपालनको भने अनुभव थियो।
यही पिडासँग जुध्दै गर्दा उनले एक दिन आफू बस्ने ठाउँ नजिकै भैसि पालन गरी व्यवसाय गर्दै आएका व्यक्तिलाई भेटे र कुराकानी पनि गरे । त्यही कुराकानी नै उनको परिवर्तनको महत्त्वपूर्ण सहयोग र सल्लाह हुन पुग्यो । गाउँमा दैनिकी घरपरिवारका लागि दही मोहीका लागि दुई वटासम्म गाईरभैंसी पालेका निरौलाले मनग्य आम्दानी गर्न सकिन्छ भन्दा उनि माथि त्यस्तो परिवर्तनको आशा गरेनन् । तरपनि आफू पनि गरिहेर्ने सोचले उनले एउटागाई खरिद गरी व्यवसायको सुरु भयो निरौलाको व्यावसायिक पशुपालनको यात्रा ।
सहरमा जागिर खाएर गुजारा गरिरहेको मान्छे अचानक व्यवसायको सोच राख्नु उनका लागि सहज कुरा थिएन । गाई भैसि पाल्नका लागि उनको चाँजो पाजो मिलाई शुरु गरेका हुन् । यसरी एउटा गाई र एउटा भैँसीबाट सुरु भएको उनको व्यवसायले आज उनलाई मेहनत अनुसारको व्यावसायिक सफलता दिलाएको महसुस गर्नुहुनछ । ललितपुरको भैँसेपाटीमा आज व्यवस्थित संरचना सहितको निरौला कृषि फर्म सञ्चालनमा छ ।
अहिले यो कृषि फार्ममा उनको परिवारको पनि साथ र सहयोग रहेको छ । आफूले पालेका गाई भैसिलाई आफ्ना सन्तान जत्तिकै माया गर्ने निरौला आफूलाई कहिल्यै फार्म छोडेर बाहिर जान वा बस्न मन नलाग्ने बताउँछन् । यदि एकदमै जरुरी भएर बाहिर निस्कनु परेपनि उनी छिटै फार्ममा फर्किन्छन् । उनको फर्ममा हाल दैनिक करिब १२० देखि १५० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ८० लिटर आफैले पोका पारेर घरघरमा पुर्‍याउँछन भने बाँकी दुध डेरीलाई दिने गरेका छन् ।
पशुपालन गर्दा आफूलाई विदेश जानू नपरेको र अन्त गर्ने दुःख आफ्नै देशमा गर्दा आफ्नै परिवार सँग दुख सुख साट्न पाइएकाले उनी यो पेसाबाट पूर्ण सन्तुष्ट बताउछन् । नेपालमा पशुपालनको व्यवसाय गरी राम्रो जिविको पालन गर्न सकिन्न भन्ने हरुका लागि एक राम्रो उदाहण पनि हुन निरौला । पिठो, दाना लगायतका सामान समयमा आउँदैन भने मूल्यमा एकरूपता पाइँदैन । निरौला भन्छन बाटो देखि पानीको असुविधाले समेत हामी किसानलाई सताउने गरेको छ। नेपाल सरकारले कृषिलाई प्रोत्साहन गर्नका निम्ति विभिन्न कार्यक्रम र अनुदानका प्याकेजहरू ल्याएको भए पनि निरौला जस्ता वास्तविक किसानहरू त्यसबाट टाढै छन् । पहुँच नपुग्दा झोलामा फर्म बोकेर हिड्नेहरूकै हालीमुहाली रहेको गुनासो उनी गर्छन् ।
निरौलाले केहि समय अगाडी यहि फर्मलाई बिक्री समेत गरेका थिए तर खरिद गर्ने मानिसहरुले उहाँलाई सर्त बमोजिम रकम नदिएका कारण हाल भने पुरानै फर्ममा काम गर्दै आउनु भएको छ । भन्नुहुन्छ मान्छेहरुले सहजै गरिराखेको छ भनेर तत्पर हुनुभयो दुःख मेहनत गर्न नसकेर छोडेर जानुभयो उहावाट मैले धोखा पाएँ । उहा भन्नुहुन्छ व्यवसाय गर्न धेरै बाटोहरु छन तर हामी नेपालीहरु विदेशमा पैसा फल्छ झै गरी विदेशीन रहर गर्छौ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker