Banner Newsदेशराजनीति
नेपाल भेट्न प्रधानमन्त्री र गृहमन्त्री काेटेश्वर ।
फागुन । नयाँ सत्तागठबन्धनको बैठक चलिरहेका वेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपालकै निवासमा पुगेका छन्। कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहेका छन्।
परिवर्तित घटनाक्रमपछि एकीकृत समाजवादीको आज आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको थियो। नेपाल चितवनकाे महोत्सवमा भाग लिएर फर्के लगत्तै स्वास्थ्यमा सामान्य समस्या भएकाले आफ्नै निवासमा आराम गरिएका छन ।