Banner Newsताजा समाचारराजनीति
राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
बहालवाला मन्त्री बर्खास्त गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मा आफैं लिनुभएको छ । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने छलफल भई सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला मन्त्रीगहरुलाई बर्खास्त गरेका हुन् ।
नेकपा एमालेवाट पदम गिरी, नेकपा माओवादीवाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीवाट डीपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् ।
तीनै जनाले आजनै राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयलको विज्ञप्तिमा उल्लेख
भए अनुरुप माननिय मन्त्रीहरुको मन्त्रालय भने पछि तोकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
तस्विरःबालकोट