मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदै ‘महाजात्रा’ – Shivalaya TV
चलचित्र खबरमनोरञ्जन

नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदै ‘महाजात्रा’

काठमाडौँ । फिल्म ‘महाजात्रा’ स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ । यो फिल्मलाई विदेशमा एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको जनाइएको छ । यो फिल्म नेपाल र विदेशमा एकसाथ चैत ९ गते रिलिज हुनेछ ।

एमएसएम इन्टरटेनमेन्टले पनि विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई रिलिजको जिम्मा दिएको छ । जसअनुसार अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोले जिम्मा लिएका छन् ।

जात्रा’का अघिल्ला दुबै श्रृंखलाले दर्शकको मन जितेकाले तेस्रो सिक्वेलको पनि प्रदर्शन थालिएको एमएसएमले उल्लेख गरेको छ । वितरक छत्र थापाले प्रवासमा रहेका षट्कोण आर्ट्सको ब्राण्ड भ्यालुप्रतिको विश्वसनियताले यो फिल्म रिलिज गर्न आफूहरु अग्रसर रहेको बताए ।

मध्यपूर्वमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसन, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई रिलिज गर्न लागेका हुन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker