मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सावित्राले जोर्डनसँगको फाइनल खेल नखेल्ने ? – Shivalaya TV
खेलकुद

सावित्राले जोर्डनसँगको फाइनल खेल नखेल्ने ?

साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपको फाइनल खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा खेल्न नपाउने भएकी छिन् । भोलि हुने फाइनलमा उनले नखेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बा सो क्लबसँगको सम्झौताका कारण खेल्न नपाउने भएको एन्फाले जनाएको छ । उनी दक्षिण एसियाली महिला खेलाडीमा सबैभन्दा धेरै (५३) अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । मंगलबार राति भएको लेबनानसँगको सेमिफाइनल खेलनमा उनले एक गोल गरेकी थिइन् । उपाधि जित्ने लक्ष्य लिएको नेपालका लागि उनले खेल्न नपाउने हुँदा झट्का लागेको छ । 

क्लबसँगको सम्झौताअनुसार साम्बाले फिफा विन्डोको खेल खेल्न मात्र पाउँछिन् । तर, यो वाफ फाइनल खेल एन्फा विन्डोको खेल नभएकाले उनले खेल्न नपाउने भएकी हुन् । समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेल्न पाएकी थिइन् । 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker