Banner NewsBanner news (with photo)English Newsताजा समाचारबि.बि.सि.मुख्य समाचार
झाक्री भुजेलको कारले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्युः
२८ काठमाडौ । झाक्री प्रकाश भुजेलले ठक्कर दिएका मोटरसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।
उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।