मिति: १५ असार २०८२, आईतवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
म्यानपावर मानव तस्कार,दलाल र एजेन्टलाई राज्यले गर्छ संरक्षण – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थाजिवनशैलीताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराध

म्यानपावर मानव तस्कार,दलाल र एजेन्टलाई राज्यले गर्छ संरक्षण

गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेका म्यानपावरका एजेन्ट यस्ता छन्

काठमाडौं, २३ जेठ २०८२

काँग्रेस एमाले गठबन्धनका गृहमन्त्री रमेश लेखकको सचिवालयमा म्यानपावर एजेन्टहरुले घेरेका छन् । लेखक गृहमन्त्रीको कुर्सीमा बसेकै दिन म्यानपावर एजेन्टले गृहमा स्थान पाएका थिए । गृहमन्त्री लेखकको दाहिने साइडमा देखिने लेखकका स्वकीय सचिव जनक भट्ट विगत बीस वर्ष अगाडिदेखि म्यानपावर एजेन्टको रुपमा काम गर्दै आएका व्यक्ति हुन । भट्ट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको लगानी रहेको ग्वार्कोस्थित योगेन्द्र राई (वाई.बी राई)को इन्टरनेश्नल म्यानपावर रिकुटमेन्टका आधिकारिक एजेन्ट हुन ।
रमेश लेखक नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक हुँदाका बखत जनक भट्ट लेखकका दाहिने हात थिए । उनी दलको कार्यालयबाट भिजिट भिजा र मानव तस्करसँग मिलेर युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउँथे । भट्टले भिटर ब्याजमा रकम कारोबार गर्थे । पार्टीकोे आडमा उनले अनगिन्ती अवैध कारोवारका कामहरु गरेका थिए । भट्टले मिटर ब्याज,ट्याक्सी,गाडी,म्यानपावर र म्यानपावर व्यवसायसँग सम्बन्धित वैदेशिक रोजगारीमा युवायुवतीहरुले लिने ओरियन्टेसन,स्वास्थ्य जाँच गर्ने मेडिकल संस्थाहरुमा भट्टको ठुलो लगानी रहेको छ । जनक भट्टले अधिकांस म्यानपावर व्यवसायीहरुसँग मिलेर भिजिट भिजामा सेटिङ मिलाउँदै आएका थिए । रमेस लेखक गृहमन्त्री भएपछि भट्टलाई गृहमन्त्रीले स्वकीय सचिव बनाएका हुन ।
रमेश लेखक (नेपाली काँग्रेस प्रजातान्त्रिक) बाट अप्रिल १ २००७ मा श्रम तथा यातायात मन्त्री बनेका थिए । हाल उनी गृह मन्त्री छन । लेखक तत्कालिन समयदेखि म्यानपावर व्यवसायीसँग निकट सम्बन्ध रहेका व्यक्ति हुन । तत्कालिन सरकारबाट बाहिरिएपछि नेपाली काँगै्रुुसको एकीकरण भयो । पार्टीले लेखकलाई श्रम र प्रवास हेर्ने जिम्मेवारी दिएको थियो । उनका स्वकीय सचिव जनक भट्ट वाई वी राईको ईन्टरनेश्नल म्यानपावर रिक्यूटमेन्ट प्रा.लि.का एजेन्ट हुन भने गृह मन्त्री लेखकका निजी सचिव रहेका बद्री तिवारी श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागमा शाखा अधिकृतका रुपमा आधा दशक भन्दा बढी कार्यरत कर्मचारी हुन ।


लेखकका निजी सचिव बद्री तिवारी नयाँ दिल्लीस्थित नेपाली दुतावासमा समेत बसेका थिए । म्यानपावर व्यवसायीहरुसँग निकट रहेकै कारण उनी दिल्लीस्थित कन्सलर विभागमा काम गर्थे । नेपालमा दुतावास नभएका देशहरुको भिजा स्ट्याम्पिङ नयाँ दिल्लीबाट हुने गर्दछ । तिवारीले सहजीकरण गर्थे । यसरी सर्सर्ती हेर्दा गृह मन्त्री र मन्त्रीको सचिवालय नियोजित रुपमा मानव तस्करीमा संलग्न रहेको प्रमाणित गर्दछ । लेखक गृमन्त्री बनेपछि अध्यागमनमात्रै होइन गृह मन्त्रालयबाट वैदेशिक रोजगार विभागमा धेरै कमचारीको सरुवा भएको छ । गृहबाट वैदेशिक रोजगार विभाग गएका कर्मचारी र अध्यागमनका कर्मचारीको समेत सेटिङ हुने गरेको छ । म्यानपावरका एजेन्टहरु सिधै विभागको व्यक्तिगत शाखामा पुगेर अध्यागमन पार गराउन एक दिनको भिजा देखिने सिस्टम बनाएर व्यक्तिगत श्रम स्वीकृति दिने गरिएको छ । म्यानपावरले संस्थागत जनही रुपमा तीन देखि दश लाख सम्म असुल्ने गरेका छन । यो दर रोजगारीमा जाने मुलुक हेरेर तय हुने गर्दछ । यसरी रोजगारीमा पठाउँदा म्यानपावर व्यवसायीहरुले कामदारको कुनै पनि जिम्मेवारी लिनु पर्दैन । जसले गर्दा वैदेशिक रोजगारीमा गएकाहरुको मृत्यु दर, जेलमा कोचिनु पर्ने,अङ्गभङ्ग हुने,वेपत्ता हुने नेपालमा गरे जस्तो सम्झौता वमोजिमको काम र तलव नपाउने र अलपत्र पर्नेको बृद्धि दर बढेर गएको छ ।
अध्यागमन प्रमुख तिर्थ राज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको भोलि पल्टै वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयका निर्देशक श्रीधर केसीलाई काठमाडौं कार्यालयबाट वैदेशिक रोजगार विभाग अन्तर्गत प्रशासनको निर्देशकमा पदस्थापना गरिएको छ । के.सी.ले पाँच महिना बढी व्यक्तिगत शाखाको निर्देशक भएर कार्य गर्दा पाँच करोड बढी असुलेका छन्  । के.सी. गृह मन्त्रालयबाट सिधै वैदेशिक रोजगार विभागको व्यक्तिगत शाखाको निर्देशकमा गएका थिए ।
भिजिट भिजामा जानेहरुको नेपाल सरकारसँग कुनै पनि रेकर्ड हुँदैन । सरकार या वैदेशिक रोजगार विभागमा रेकर्ड नभएपछि कति कुन देशमा गए?कति नागरिक विदेशी जेलमा सडेका छन?कति अङ्गभङ्ग भए त्यसको कुनै लेखाजोखा हुँदैन भने दैनिक तीन देखि दस जनाको लास कफनमा आउने गरेको रेकर्ड त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा रहेको छ । कहिले काँही मृतकको कफनमा आउने यो रेट ह्वात्तै बढेको हुन्छ । नागरिकको सुरक्षा गर्ने जिम्मा पाएको मन्त्रालय नै संसारबाट विस्थापित हुँदै गएको मानव तस्करी जस्तो अति निकिष्ठ कार्य संस्थागत रुपमा नेपालमा मौलाएको छ ।

###Media Network###

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker