Banner Newsअर्थतन्त्रकोशी प्रदेशराजनीतिसुरक्षा/अपराध
मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
उनलाई विराटनगरस्थित निवासबाटै नेपाल प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई आजै दिउँसो काठमाडौं ल्याउने तयारी छ ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान उडेका थिए । त्यस क्रममा उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।