Banner NewsBanner news (with photo)जिवनशैलीदेशबिचार
बडादसैँको अन्तिम दिन आज
यस वर्षको बडादसैँको जमरा टीका लाउने अन्तिम दिन आज
काठमाडौ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।
आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।
यस वर्ष आज कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ जस अनुसार कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । त्यसैगरी यस वर्षको नेपालीको महान् चाड वडादसैँ कात्तिक १ गतेदेखि समापन हुन्छ ।