दशैंको बजारः बजारमा चहलपहल बढ्दो
काठमाडौं असोज सुरु भएदेखि नै बजारमा दशैँ लागेको छ । बानेश्वर, असन, इन्द्रचोक र न्युरोडमा भीडले खुट्टा टेक्ने ठाउँ छैन । अरु चोक र बजार पनि त्यत्तिकै व्यस्त देखिन्छन् । फुटपाथदेखि मलसम्म सबै ठाउँमा चहलपहल बढेको छ । मानिसहरु सामान हेर्न, छान्न र किन्न व्यस्त छन् ।
बजारको भीड हेर्दा अघिल्लो बर्षको तुलनामा यस वर्ष भने निकै व्यापारमा सुधार देखिन्छ । उसै पनि भीडभाड रहने असन, इन्द्रचोकमा मानिसको दोहोरो लर्को नै छ । सबै जना सामान किनेर घर पुग्ने हतारोमा पनि देखिन्छन् ।
त्यसैगरी यो बानेश्वरको फुटपात बजार हो । बानेश्वरको फुटपाथ बजार हाल भने नयाँ विल्डिङ्गमा सरेको छ । यस बजारमा हाल भने बच्चा देखि वृद्ध सम्मका सबै किसमका लुगा कपडा, जुत्ता चप्पल देखि विभिन्न तरकारी, कस्मेटिक सामान पाईनुका साथै सर्वसुलव मुल्यमा पाईने हुँदा फुटपाथ बजारमा दशैंको चहलपहल बढेको छ ।
एक व्यापारीका अनुसार अन्य दिनको तुलनमा अनुमानित दोब्बर व्यापार हुन थालेको व्यापारीले सातगाउँलाई जानकारी दिनुभएको छ ।