मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
उपसभापति गुरुङले पदबाट राजीनामा दिनुपर्छ: नेता प्रधान – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचारराजनीति

उपसभापति गुरुङले पदबाट राजीनामा दिनुपर्छ: नेता प्रधान

असोज ५ काठमाडौँ। नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि पार्टी उपसभापति धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका छन्।

रिपोर्टर्स नेपालको एक कार्यक्रममा बोल्दै उनले प्रश्न उठेपछि सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि पार्टी उपसभापति धनराज गुरुङले उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘यो उहाँको आत्मनिर्णय गर्ने हो। विगत पनि केहि नेताहरुले राजीनामा दिनुभयो। आत्मसमीक्षा गर्नुपर्छ। धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो। छानबिनले कारबाही सिफारिस गरेको छ।’

नेता प्रधानले राजीनामा नदिए कांग्रेसले पार्टीभित्र छलफल गर्नुभन्दा अगाडि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने बताए।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker