Banner Newsजिवनशैलीसुरक्षा/अपराध
बालेनलाई ओलीको कटाक्ष
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/1000029825-780x470.jpg)
‘एउटा मनपरी बोल्ने केटो कहाँबाट निस्कियो, त्यसलाई छुनुहुन्न भन्छन्’…
शनिवार काठमाडौँमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने-
‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे, त्योसँग जनमत छ रे ! नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले, बोक्नेले बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ, यतातिरबाट गोली हानेर मृग मार्यो भने बिरालोले मृग मार्यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ ।’