२०८४ मा एमालेले एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने-
‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने त्यस्तो विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन । हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन । हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन, त्यसै कारणले हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ । त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ ।
हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’