Banner Newsखेलकुदजिवनशैली
ओलम्पिक पदक विजेता पलेशाको खातामा ६५ लाख जम्मा, प्रशंसापत्रसहित सम्मान
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/1000029717-666x470.jpg)
सरकारले डिजिटल माध्यमबाट ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ । सो पुरस्कार र प्रशंसापत्रसहित सरकारले आज बालुवाटारमा उनलाई औपचारिक रुपमा सम्मान गरेको छ । यस्तै, प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिक, २०२४ मा उनले कास्य पदक जितेकी थिइन । तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै उनले पदक जितेकी थिइन । पारा ओलम्पिकमा उनले पहिलोपटक नेपाललाई पदक दिलाएकी हुन् ।